काठमाडौं । भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलिया सरकारले थप मानवीय सहायता पठाएको छ ।
बुधबार राहत सामग्रीसहित अस्ट्रेलियन एयर फोर्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो । विमानमार्फत ल्याइएको राहत सामग्री काठमाडौंस्थित अस्ट्रेलियन दूतावासका प्रतिनिधिले गृहमन्त्री सुधन गुरुङलाई हस्तान्तरण गरेका छन् ।
अस्ट्रेलिया सरकारले बाढीपछि उद्धार तथा पुनःस्थापनाका लागि जारी सहयोगअन्तर्गत ३० लाख अस्ट्रेलियन डलर बराबरको थप मानवीय सहायता उपलब्ध गराएको जनाएको छ । यसअघि पनि अस्ट्रेलियाले बाढी प्रभावितका लागि राहत सामग्री पठाएको थियो ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको काम जारी छ । अस्ट्रेलियाले उपलब्ध गराएको पछिल्लो सहयोगमा आवश्यक मानवीय राहत सामग्री तथा उद्धारमा प्रयोग हुने उपकरण र जनशक्ति समेत रहेको जनाइएको छ ।

प्रतिक्रिया