अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ – मनिष झा

अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ – मनिष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहे पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै कार्बन उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने देशहरू क्षतिपूर्तिका लागि जिम्मेवार हुनुपर्ने बताए ।

उनले नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारीसाधनको प्रयोग र जलविद्युत् विकासमार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गरे ।

उनले भने, ‘अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ। क्षतिपूर्ति माग्ने बेला आएको छ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ।’