काठमाडौं । मदन पुरस्कार गुठीले वीणा जोशी (राजभण्डारी)को पुस्तक ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’लाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय गरेको छ ।
गुठीको आइतबार बसेको साधारण सभा बैठकले यसअघि मदन पुरस्कारका लागि सार्वजनिक गरिएको उत्कृष्ट १० कृतिको श्रेष्ठ सूचीमध्येबाट जोशीको पुस्तकलाई पुरस्कारका लागि छनोट गरेको हो ।
गुठीका अध्यक्ष कुन्द दीक्षितले जोशीको पुस्तकलाई मदन पुरस्कार २०८२ प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, गुठीले छ दशकदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई जगदम्बा–श्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
खरेलले नेपाली गीत लेखनको क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका छन् । गुठीले उनको छ दशक लामो गीत लेखन यात्रालाई सम्मान गर्दै जगदम्बा–श्री प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
मदन पुरस्कार नेपाली साहित्यको प्रतिष्ठित पुरस्कारमध्ये एक हो भने जगदम्बा–श्री पुरस्कार नेपाली वाङ्मय तथा सिर्जनात्मक क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया