सिन्धुपाल्चोक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिन्धुपाल्चोकको जिल्ला अध्यक्षमा निलध्वज थापा पुनः निर्विरोध चयन हुनुभएको छ । जिल्ला अधिवेशनले थापालाई दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको हो ।
निर्वाचन समितिका संयोजक ध्रुव थापाका अनुसार थापाको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । कार्यसमितिका अन्य पदाधिकारी भने पहिलो बैठकबाट मनोनयन गरिने जनाइएको छ ।
अधिवेशनको उद्घाटन राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले गर्नुभएको थियो । उहाँले राजनीतिक नेतृत्वले आफ्नो व्यवहार र कार्यशैली सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया