काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) अपराह्न साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले आज अपराह्न ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।
भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकनपछि काठमाडौं फर्किएर राष्ट्रपतिले सम्बोधन गर्न लागेका हुन् । राष्ट्रपतिको सचिवालयले उनको सम्बोधनको समयबारे जानकारी दिएको हो ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो । बाढीका कारण ठूलो संख्यामा नागरिक प्रभावित हुनुका साथै सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ ।

प्रतिक्रिया