काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण एक गर्भवती महिलाले अस्पताल परिसरकै गेटबाहिर बच्चा जन्माउनुपरेको घटना संसद्मा प्रमुख विषय बनेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र कर्णले राजविराज नगरपालिका–१४ परसाही टोलकी बबिता पासवान प्रसव पीडा भएर अस्पताल पुगेको तर ७ सय रुपैयाँ अपुग हुँदा उपचारबाट वञ्चित हुनुपरेको बताएका छन् ।
अस्पताल प्रशासनले ३ हजार २ सय रुपैयाँ माग गरेकोमा पासवानसँग २ हजार ५ सय रुपैयाँ मात्र उपलब्ध थियो। बाँकी रकम तिर्न नसक्दा उपचारमा ढिलाइ गरिँदा उनले गेटमै शिशुलाई जन्म दिनुपरेको हो।
सांसद कर्णले यस्तो गैरजिम्मेवार र लज्जास्पद घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ।

प्रतिक्रिया