विपद् पूर्वसूचना प्रणाली बनाउन सरकारसँग थापाको माग

विपद् पूर्वसूचना प्रणाली बनाउन सरकारसँग थापाको माग


काठमाडौं । नेपाली काँग्रेसका सांसद सुनिलबहादुर थापाले हिमाल र हिमनदीलाई समेत समेटेर प्रभावकारी विपद् पूर्वसूचना प्रणाली बनाउन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभा बैठकमा बोल्दै थापाले रसुवाको भोटेकोशी बाढीले मुलुकको उद्धार क्षमता र पूर्वाधार निर्माणमाथि प्रश्न उठाएको बताए ।

बाढीले अर्थतन्त्रमा असर पारेकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउन र प्रभावित नागरिकलाई तत्काल राहत दिन उनले आग्रह गरेका छन् ।