नागरिकलाई गाली गर्ने ‘नेटवर्क’ प्रधानमन्त्री कार्यालयमै छन्ः सांसद विष्ट

नागरिकलाई गाली गर्ने ‘नेटवर्क’ प्रधानमन्त्री कार्यालयमै छन्ः सांसद विष्ट

बालुवाटारबाटै चल्छ ‘गाली गलौजको धन्दा’!


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले वर्तमान सरकारसँग राज्य सञ्चालनको स्पष्ट दृष्टिकोण र रणनीतिक कार्यक्रम नभएको भन्दै चर्को आलोचना गरेका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै सांसद बिष्टले सरकारसँग आगामी पाँच वर्षमा के–के काम गर्ने भन्ने कुनै स्पष्ट खाका र योजना समेत नरहेको टिप्पणी गरे ।
सरकार आफ्नो मूल जिम्मेवारीबाट पन्छिँदै कर्मचारीतन्त्र र विगत ३५ वर्षको शासन व्यवस्थालाई दोष दिएर उम्किन खोजिरहेको उनको आरोप छ।

सांसद बिष्टले सरकार विकास निर्माण र जनसरोकारका मुद्दाभन्दा पनि सामाजिक सञ्जालमा स्टाटस लेख्ने र एकअर्कालाई गालीगलौज गर्ने काममा मात्र केन्द्रित भएको बताए ।

सामाजिक सञ्जालमार्फत न्याय माग्न आउने आम नागरिकमाथि सङ्गठित रूपमा गालीको वर्षा भइरहेको दाबी गर्दै उनले यस्ता गाली गर्ने सञ्जाल र नेटवर्कहरूको सञ्चालन तथा नेतृत्व स्वयम् प्रधानमन्त्री कार्यालयबाटै भइरहेको गम्भीर आरोप लगाएका छन् ।