अन्ततः कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्

अन्ततः कानूनमन्त्री गौतमले राष्ट्रिय सभामा माफी मागिन्


काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सभाबारे आफूले दिएको अभिव्यक्तिबारे माफी मागेकी छन् ।

सभाको बुधवारको बैठकमा मन्त्रीले आफ्नो अभिव्यक्तिको स्पष्टिकरण दिँदै माफी मागेकी हुन् ।

उनले जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिइन् ।
मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो । मन्त्री गौतमले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको उनको जिकिर छ ।