काठमाडौं । डोनल्ड ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकाको आप्रवासन नीति अहिलेसम्मकै कडा र आक्रामक बनेको छ ।
तर, राजनीतिक नारा र भाषणभन्दा पर नीतिको वास्तविक रूप र असर आधिकारिक तथ्याङ्कले के देखाउँछ ? गृह सुरक्षा विभागको तथ्याङ्कअनुसार आन्तरिक क्षेत्रमा पक्राउ दर दोब्बरभन्दा बढीले बढेको छ ।
मुख्य परिवर्तन के छ भने—पहिले अपराधिक पृष्ठभूमि भएकालाई प्राथमिकता दिइन्थ्यो, अहिले कुनै पनि अपराधिक रेकर्ड नभएका गैरकानुनी आप्रवासीलाई समेत समात्ने र हिरासतमा हाल्ने क्रम ह्वात्तै बढेको छ ।
वार्षिक १० लाख मानिसलाई देशनिकाला गर्ने प्रशासनको लक्ष्य रहे पनि तथ्याङ्कले भने अर्कै चित्र देखाउँछ । सन् २०२५ देखि हालसम्म करिब ६ लाखभन्दा बढी मानिसलाई देशनिकाला गरिएको छ—जुन बाइडन वा ओबामा प्रशासनको तुलनामा उल्लेख्य वृद्धि भएपनि तोकिएको लक्ष्यभन्दा कम हो ।
तर, कडाइका कारण गैरकानुनी रूपमा सीमा पार गर्नेको संख्यामा भने ९० प्रतिशतभन्दा बढीले कमी आएको छ । सामूहिक धरपकड र प्रशासनिक कडाइले अमेरिकामा हजारौँ परिवार प्रभावित भएका छन् ।
राजनीतिक प्रचार जे–जस्तो भए पनि, आधिकारिक तथ्याङ्कले ट्रम्पको यो कदम केवल आपराधिक सीमा नियन्त्रणमा मात्र सीमित नरहेर समग्र आप्रवासन प्रणालीमाथिकै कडा प्रहार भएको पुष्टि गर्छ ।

प्रतिक्रिया