काठमाडौं । घरको चुल्हो निभेको छ, मान्छे बिहानैदेखि कामधन्दा छोडेर ग्यासको लाइनमा छन् । तर दिनभर लाइन बस्दा पनि जनताल एउटा सिलिन्डर पाउन् सकेका छैनन ।
अर्कोतिर, गोजीबाट थप हजार–पन्ध्र सय बढी झिक्ने हो भने तिनै ग्यास ठूला होटल र पहुँचवालाका घरमा सुटुक्क पुग्छन । यो ग्यास नभएर आएको अभाव होइन, सोझै कालोबजारी र राज्यको नालायकीपन हो ।
२ हजार ६० रुपैयाँ पर्ने ग्यासलाई तपाइँ ४ हजार तीन तयार हुनुभयो भने घरमै आइपुग्छ। तर, पनि सुशासनका चर्का नारा घन्काउने सरकार कहाँ छ ?
नागरिकले प्रश्न गरिरहेका छन । तपाईँ रेगुलर ग्राहकको हो भने पसलेको पनि प्राथमिकतामा पर्नुहुन्छ । तर, ग्यास मात्र किन्नेका लागि पसले पनि हेपाहा पन देखाउँछन ।
यो कहाँको दादागिरी हो सरकार ?
प्रकृतिले ग्यास रोकेको छैन, नाकामा गाडी अड्किएका छैनन् । यो सब भन्ने कुरा न हो । यो त केवल व्यापारीको दादागिरी र सरकारको लाचारी हो !
जनतालाई एक सिलिन्डर ग्यास दिन नसक्ने र कालोबाजारी गर्नेलाई समात्न नसक्ने सरकारले कुर्सीमा बसिरहने नैतिक अधिकार गुमाइसकेको छ ।
आफू काम गर्न नुक्ने दोषजति कर्मचारी, पत्रकार र पुराना राजनीतिक दलमाथि थोपरेर कहाँसम्म पुगिन्छ माननीय ज्यूहरु ।

प्रतिक्रिया