काठमाडौं । नेकपा एमालेकी सांसद एशुदाकुमारी बरालले सत्तारुढ दल रास्वपाकै कार्यकर्ताबाट आफूलाई बलात्कार गर्ने र ज्यान मार्ने धम्की आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो ध्यानाकर्षण गराएकी हुन् । उनले रसुवा बाढीपीडितको छिटो उद्धार गर्न माग गरेकै भरमा आफू साइबर बुलिङमा परेको बताइन् ।
उनले महिलामाथि गालीगलौज गर्ने र धम्की दिने कार्यमा संलग्नलाई छिटोभन्दा छिटो कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिक्रिया