काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोजीका लागि शुक्रबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ ।
टनेलभित्र फसेकाहरूको खोजीका लागि बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गर्ने अवस्थामा पुगेको छ ।
बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाउँदै केही सयममा नै प्रवेश गर्दै छ ।
टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ ।

प्रतिक्रिया