काठमाडौँ । दिउँसो एक बजे बस्ने तय भएको नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकको समय परिवर्तन भएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारका अनुसार दिउँसो १ बजे तय भएको बैठकका समय परिवर्तन भएर दिउँसो ३ बजेलाई सरेको हो ।
कार्यदलको बैठक नसकिएकाले सचिवालय बैठकको समय परिवर्तन गर्नुपरेको उनले बताए । बिहान नौ बजेदेखि पार्टी कार्यालय च्यासलमा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक बसिरहेको छ ।
यसैबिच सचिवालय बैठकका लागि दिउँसो १ बजे पार्टी कार्यालय पुगेका अध्यक्ष केपी शर्मा ओली निस्किएका छन् । उनी आधा घण्टा बसेर पार्टी कार्यालयबाट बाहिरिएका हुन् ।

प्रतिक्रिया