काठमाडौं । आज असोज ७ गते, वर्षभरिकै एउटा विशेष दिन ।
आजको दिन पृथ्वीभरि नै दिन र रातको समय अवधि लगभग बराबर हुन्छ। सूर्य विषुवत् वृत्तको ठीक माथि रहने भएकाले आज दिन र रात बराबर १२–१२ घण्टाको हुने खगोलविद्हरूले बताएका छन् ।
आजको दिनपछि सूर्य दक्षिणी गोलाद्र्धतर्फ सर्दै जाने भएकाले उत्तरी गोलाद्र्धमा क्रमशः दिन छोटो र रात लामो हुँदै जानेछ।
नेपाललगायत उत्तरी गोलाद्र्धका देशहरूमा आजदेखि दिन छोटा र रात लामा हुन थाल्नेछन् भने यसले चिसो मौसमको आगमनलाई समेत सङ्केत गर्दछ।

प्रतिक्रिया