गएराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी सोधपुछपछि रिहा

गएराति पक्राउ परेका पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी सोधपुछपछि रिहा


 

काठमाडौं । गएराति नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा छुटेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएका उनलाई सोधपुछपछि घरमै सुरक्षा दिने गरी परिवारको जिम्मा लगाइएको हो।

सुरक्षाको कारण देखाउँदै प्रहरीले गएराति जबरालाई नियन्त्रणमा लिएको थियो। आवश्यक सोधपुछ पश्चात् उनलाई घरमै उच्च सुरक्षा तैनाथीसहित छाडिएको प्रहरीले जनाएको छ।