काठमाडौं । आईसीसी विश्वकप लिग २ एकदिवसीय क्रिकेटको आफ्नो अन्तिम त्रिकोणी सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ । ओमानमा आइतबार सुरु भएको सिरिजमा नेपालले क्यानडामाथि सानदार जित हात पारेको छ ।
रोहित पौडेलको शतकमा नेपालले दिएको २३६ रनको लक्ष्य पाएको क्यानडा २११ रनमा अलआउट भयो । नेपालले २४ रनले विजयी भएको हो । नेपालको जितमा ब्याटिङबाट पौडेलले उत्कृष्ट प्रदर्शन गरे भने बलिङमा करण केसी, कप्तान सन्दीप लामिछाने र ललित राजवंशी चम्किए । ललित, सन्दीप, नन्दन यादव र करणले समान २–२ विकेट लिए ।
यसअघि पौडेलले १०१ रन बनाए भने भने गुल्सन झाले ४८ रन वसिर अहमदले ३० रनको योगदान दिए ।
यो जितसँगै नेपालले अंकतालिकामा २ अंक जोडेर शीर्ष ६ भित्र रहेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने सम्भावना जीवित राखेको छ । यो सिरिजमा अर्को टिम ओमान सहभागी छ ।

प्रतिक्रिया