काठमाडौँ। नेपाल मौसम विज्ञान विभागका अनुसार आज देशको हिमाली र पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।
विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव छ । भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली भूभाग तथा देशको पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । देशको तराई भूभागमा मौसम मुख्इतया सफा रहनेछ ।
आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै लुम्बिनी प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा, हिमपातको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना छ ।
यसैगरी, मङ्गलबार देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी भूभागमा मौसम मुख्तया सफा रहने विभागले जनाएको छ । सो दिन देशका हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा हल्का वर्षा, हिमपातको सम्भावना रहने विभागको पूर्वानुमान छ ।

प्रतिक्रिया