कांग्रेस सहमहामन्त्रीमा बहादुर, मनोज र प्रकाशको अग्रता कायमै

कांग्रेस सहमहामन्त्रीमा बहादुर, मनोज र प्रकाशको अग्रता कायमै


काठमाडौ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। हाल विभिन्न क्लस्टरका सहमहामन्त्री र केन्द्रीय सदस्यहरूको मतगणना चलिरहेको कांग्रेसले जनाएको छ। खस आर्यतर्फको सहमहामन्त्रीमा मनोजमणि आचार्य, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा र दलिततर्फ प्रकाश रसाइली अघि छन्।

एक हजार ५०७ मत गणना सकिँदा खसआर्यतर्फ मनोजमणि आचार्यले ५५२ मत प्राप्त गरेका छन्। यो क्लस्टरबाट जगदीश्वर नरसिंह केसीले ४७६, दिनेश कोइरालाले २९५ र शुभराम बस्नेतले ९७ मत प्राप्त गरेका छन्। त्यसैगरी जनजातितर्फ ६ हजार ९९५ मतगणना सकिँदा बहादुर सिंह लामाले ३ हजार २४५ मत प्राप्त गरेका छन्।

यो क्लस्टरबाट ओमबहादुर घर्तीमगरले १ हजार ४४६, तारामान गुरुङले ८६२, दिलमान पाख्रिनले ६२२ र प्रशान्त मान सिंह मास्केले २४६ मत पाएका छन्। यो क्लस्टरबाट लामा सहमहामन्त्रीमा विजयी हुने निश्चित देखिएको छ। दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही एक हजार ५६ मतसहित अग्रस्थानमा छन्। यो क्लस्टरबाट मान बहादुर नेपालीले २५९ र नरेन्द्र पासवनले १९१ मत ल्याएका छन्।