महाकालीको क्षतिग्रस्त झोलुङ्गे पुल नजिकै फेला पर्यो सागरराज थारूको शव

महाकालीको क्षतिग्रस्त झोलुङ्गे पुल नजिकै फेला पर्यो सागरराज थारूको शव


काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा खसेर बेपत्ता भएका सशस्त्र प्रहरी बलका सहायक निरीक्षक असई सागरराज थारू ५ दिनपछि मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार २५ वर्षीय थारूको शव बुधबार बिहान दोधारा(चाँदनी जोड्ने झोलुङ्गे पुलको भत्किएको ताल जालीमा अड्किएको अवस्थामा फेला परेको हो।

गत शनिबार महाकाली नदीको बाढीले क्षति पुर्‍याएको झोलुङ्गे पुल नजिकै चुँडिएको नेपाल टेलिकमको इन्टरनेट तार तान्ने क्रममा डुङ्गाको सन्तुलन बिग्रिएर असई थारू नदीमा खसेर बेपत्ता हुनुभएको थियो।

बर्दिया घर भई देवस्थान गुल्ममा कार्यरत थारू घटनाको अघिल्लो दिन मात्रै काज सरुवा भई त्यहाँ पुग्नुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीले लगातार ५ दिनसम्म खोजतलास गरेपछि उहाँको शव फेला परेको प्रहरीले जनाएको छ।