चिकित्सकदेखि केन्द्रीय नेतासम्मः बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र ३६ जनालाई पछार्दै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

चिकित्सकदेखि केन्द्रीय नेतासम्मः बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र ३६ जनालाई पछार्दै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडाै‌ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत क्षेत्रबाट नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्र केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ।
पाँच पदका लागि ३६ जना उम्मेदवारबिच भएको प्रतिस्पर्धामा डा. मिश्र १ हजार ४७८ मत प्राप्त गरी विजयी हुनुभएको हो।
निर्वाचित भएपछि डा. मिश्रले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित आम नागरिकका समस्या, चुनौती र आवश्यकताहरूलाई पार्टीको नीति निर्माण तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।