बाढीपहिरोको पीडाबिच पर्व नमनाउने निर्णय: प्रमुख दलहरूद्वारा यो पटक दसैँ-तिहारको चियापान रद्द

बाढीपहिरोको पीडाबिच पर्व नमनाउने निर्णय: प्रमुख दलहरूद्वारा यो पटक दसैँ-तिहारको चियापान रद्द


काठमाडाै‌ । देशभर आएको अविरल वर्षा, बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको भन्दै प्रमुख राजनीतिक दलहरूले यो वर्ष दसैँ, तिहार, छठ र नेपाल संवत्‌का अवसरमा चियापान कार्यक्रम आयोजना नगर्ने भएका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतका दलहरूले विगतका वर्षहरूमा दसैँ-तिहारको अवसरमा वार्षिक रूपमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यसपटक स्थगन गरेका हुन्।

बाढीपहिरोका कारण देश शोकमा रहेको र हजारौँ नागरिक विस्थापित बनेकाले औपचारिक उत्सव मनाउनु उपयुक्त नहुने ठहर गर्दै दलहरूले उक्त निर्णय गरेका हुन्। राजनीतिक दलहरूले चियापानमा लाग्ने खर्च र ध्यान विपद् प्रभावित क्षेत्रको उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित गर्नुपर्ने भन्दै नागरिकस्तरबाट समेत सुझाव दिइएको छ।