काठमाडौं । ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको तेस्रो खेलमा नेपालले क्यानडाविरुद्ध टस हारेर पहिले बलिङ गरिरहेको छ।
ओमान क्रिकेट एकेडेमीको मैदानमा क्यानडाका कप्तान हमजा तारिकले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्। आजको खेलका लागि नेपाली टोलीमा एक परिवर्तन गरिएको छ। सन्दीप जोराको स्थानमा अलराउन्डर गुल्शन झालाई टोलीमा फर्काइएको छ। जारी शृङ्खलामा नेपालले यसअघि क्यानडा र ओमान दुवैलाई पराजित गरिसकेको छ।

प्रतिक्रिया