काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दसैँको बिदाका समयमा देशभरका अस्पतालहरूलाई आकस्मिक तथा शल्यक्रिया सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ।
चाडपर्वका बेला बिरामीहरू सेवाबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले मन्त्रालयले सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई २४ सै घण्टा आकस्मिक, प्रसूति, आइसियू र आपत्कालीन शल्यक्रिया सेवा चुस्त राख्न परिपत्र गरेको हो।
चिकित्सक तथा स्वास्थ्यकर्मीको आलोपालो ड्युटी तालिका बनाएर सेवा प्रवाह गर्न भन्दै मन्त्रालयले बिदाको समयमा अस्पतालहरूको आकस्मिक अनुगमन गर्नेसमेत जनाएको छ।

प्रतिक्रिया