काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सम्झौता गरी सेवा दिइरहेका अस्पतालहरूलाई बीमित नागरिकसँग भेदभाव नगर्न र अनावश्यक परीक्षण गराएर सास्ती नदिन कडा चेतावनी दिएको छ।
बोर्डले जारी गरेको परिपत्रअनुसार चिकित्सकीय आवश्यकता र रोगको लक्षणसँग मेल नखाने भिटामिन डी, बी-१२ र थाइराइड जस्ता परीक्षण गराएमा त्यस्ता दाबीहरूको भुक्तानी अस्वीकृत गरिनेछ।
यसका साथै, नियमित औषधि सेवन गर्ने बीमितहरूलाई ३-३ महिनाको औषधि एकैपटक उपलब्ध गराउन, कोटा प्रणाली बन्द गर्न र बीमाको दायरामा रहेका औषधि बीमितलाई बाहिर नगदमा किन्न नलगाउन देशभरका अस्पतालहरूलाई स्पष्ट निर्देशन दिइएको छ।

प्रतिक्रिया