काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि गम्भीर र आक्रामक आरोप लगाएका छन्।
भारत भ्रमणका क्रममा वाग्लेले ‘नेपाली राष्ट्रवाद भनेको भारतको विरोध हो र त्यो अब नयाँ पुस्तामा रहेन’ भनी दिएको अभिव्यक्तिप्रति बास्कोटाले तीव्र आपत्ति जनाएका हुन्।
बास्कोटाले सामाजिक सञ्जालमा कडा शब्द प्रयोग गर्दै भनेका छन्, “अर्थमन्त्री वाग्ले जब भारत पुग्छन्, तब नेपाल राष्ट्रविरुद्ध छाद्छन्।” वाग्लेको यो भाष्य राजनीतिक, कूटनीतिक र ऐतिहासिक रूपमा आफ्नै बौद्धिक ज्ञानको टाटपल्टाईबाहेक केही नभएको दाबी गर्दै बास्कोटाले वाग्लेको राष्ट्रिय निष्ठामाथि नै कडा प्रश्न उठाएका छन्।

प्रतिक्रिया