काठमाडाै । नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणप्रति क्रिकेटप्रेमीहरूको अभूतपूर्व क्रेज देखिएको छ। प्रतियोगिताको उद्घाटन खेलका लागि नेपाल क्रिकेट संघ (क्यान) ले खुला गरेको सबै टिकटहरू छोटो समयमै बिक्री भएका छन्।
क्यानले बिहीबार राति ८ बजेदेखि टिकट बिक्री खुला गरेको थियो। क्यानका कोषाध्यक्ष पदम बहादुर खड्काका अनुसार यो संस्करणमा कूल ८ हजार ४०० टिकट बिक्री गरिएको छ, जसमा ७ हजार साधारण प्याराफिट र १ हजार ४०० प्रिमियम टिकट रहेका छन्।
आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। टिकट बिक्रीको यो तीव्र गतिले यसपटकको NPL थप रोमाञ्चक र ऐतिहासिक हुने संकेत गरेको छ।

प्रतिक्रिया