भारत भ्रमणमा सीमा मिचिएको मुद्दा उठ्छ कि उठ्दैन ? गोकुल बाँस्कोटा

भारत भ्रमणमा सीमा मिचिएको मुद्दा उठ्छ कि उठ्दैन ? गोकुल बाँस्कोटा


काठमाडाै‌ । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले काठमाडौँ महानगरपालिकाका मेयर तथा वर्तमान सरकारका प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणलाई लिएर गम्भीर प्रश्न उठाउनुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै नेता बाँस्कोटाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको नयाँदिल्ली अभिव्यक्तिको कडा शब्दमा प्रतिवाद गर्नुभएको छ। ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अर्थमन्त्रीको भनाइ देशको राष्ट्रियतामाथिको प्रहार र राष्ट्रघात भएको उहाँको टिप्पणी छ।

साथै, विगतमा कार्यालयमा ग्रेटर नेपालको नक्सा टाँगेको प्रसंग कोट्याउँदै बाँस्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा कालापानी, लिम्पियाधुरा र सुस्ताजस्ता सीमा विवादका मुद्दाहरू दृढतापूर्वक उठाइने वा नउठाइने भन्नेमा शंका व्यक्त गर्नुभएको छ। नयाँ नेतृत्वमा आएकाहरूले जिम्मेवार भएर बोल्नुपर्नेमा जोड दिँदै उहाँले सरकारको कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउनुभएको छ।