काडमाडौं । बलिउड तथा नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री मनिषा कोइराला आफ्नो अभिनयका कारण मात्र नभई स्वास्थ्य र फिटनेसप्रतिको सचेतनाका कारण पनि लाखौँका लागि प्रेरणा बन्नुभएको छ। जीवनको सबैभन्दा कठिन परीक्षा मानिने क्यान्सर रोगलाई बहादुरीपूर्वक पराजित गरेर फर्कीएकी मनिषाले अहिले आफ्नो जीवनशैलीलाई कसरी स्वस्थ, सन्तुलित र सहज बनाउने भन्ने कुरामा गतिलो उदाहरण प्रस्तुत गर्नुभएको छ।
उहाँको अदम्य साहस, सकारात्मक सोच र नियमित फिटनेसप्रतिको झुकाव देख्नेहरू उहाँलाई जीवनको ‘असली लडाकु’ का रूपमा प्रशंसा गर्छन्। क्यान्सरविरुद्धको विजयपछि उहाँले स्वास्थ्य र खानपानमा अपनाएको सतर्कताले आम नागरिकलाई समेत स्वस्थ जीवन बाँच्नका लागि ठूलो प्रेरणा दिइरहेको छ।
भारत भ्रमणमा सीमा मिचिएको मुद्दा उठ्छ कि उठ्दैन ? गोकुल बाँस्कोटा

प्रतिक्रिया