६० दिने मेची–महाकाली पदयात्रा गर्ने अमरेशकुमार सिंह घोषणा

६० दिने मेची–महाकाली पदयात्रा गर्ने अमरेशकुमार सिंह घोषणा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अमरेशकुमार सिंहले छठ पर्वपछि झापाको मेची पुलदेखि कञ्चनपुरको दोधारा–चाँदनीसम्म ६० दिने मेची–महाकाली पदयात्रा गर्ने तयारी गर्नुभएको छ।

१७ वर्षदेखि अलपत्र अवस्थामा रहेको र संशोधित लागत १ खर्ब १ अर्ब ६३ करोड रुपैयाँ पुगिसकेको हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाइ र तराई(मधेसका नागरिकका समस्यालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउन यो पदयात्रा आयोजना गर्न लागिएको हो।
डा.सिंहले यसअघि नै २१ जिल्लामा पुगेर ६० भन्दा बढी स्थानमा स्थानीय नागरिक, किसान र युवाहरूसँग छलफल गरिसक्नुभएको छ।

ुदिनको ५ घण्टा हिँड्ने र ७ घण्टा नागरिकका गुनासा सुन्नेु रणनीतिसहित सुरु हुन लागेको यो अभियानले भाषण र नाराभन्दा पनि मधेसका वास्तविक समस्या समाधानका लागि नीतिगत दबाब सिर्जना गर्ने विश्वास लिइएको छ।