दुर्गेश थापाद्वारा आनन्द कार्कीको आरोपको पर्दाफास

दुर्गेश थापाद्वारा आनन्द कार्कीको आरोपको पर्दाफास


काठमाडौं । वरिष्ठ गायक आनन्द कार्कीले पारिश्रमिक नदिई गायब भएको भन्दै लगाएको गम्भीर आरोपमा चर्चित गायक दुर्गेश थापाले कडा जवाफ दिँदै लिखित प्रमाण नै सार्वजनिक गरिदिएका छन्।
‘दुश्मन हेरेको हेर्‍यै’ गीतमा सहकार्य गरेका कार्कीले दुर्गेशमाथि पैसा नदिएको र ठगेको आरोप लगाएका थिए।

तर, दुर्गेशले कार्की स्वयम्‌ले गीत सार्वजनिक हुनुअघि नै पारिश्रमिक बुझिसकेको र गीतमा कुनै अधिकार नरहेको भनी सहीछाप गरेको आधिकारिक सम्झौता पत्र सार्वजनिक गरेपछि विवादले नाटकीय मोड लिएको छ।
सम्झौता पत्रमा हस्ताक्षर प्रस्ट देखिएपछि आनन्द कार्कीको मिडियाबाजी र आरोपमाथि ठूलो प्रश्नचिह्न खडा भएको छ।