बाढीपीडितको नाममा १८ अर्ब उठ्यो, तर पीडितले राहत के पाए ?

बाढीपीडितको नाममा १८ अर्ब उठ्यो, तर पीडितले राहत के पाए ?


काठमाडाै‌ । विनाशकारी बाढी र पहिरोपछि प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापनाका लागि देश-विदेशबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र राहत कोषमा सहयोग थुप्रिँदा कुल मौज्दात १८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ।

वाणिज्य बैंकका ९ वटा खातामा साढे १३ अर्ब (१३ अर्ब ४८ करोड) नेपाली रुपैयाँ र डलर खातामा ३ करोड ४ लाख अमेरिकी डलरभन्दा बढी रकम थन्किएर बसेको छ।

तर, सरकारी खातामा अर्बौँ रुपैयाँ मौज्दात रहँदासमेत विस्थापित बाढीपीडितहरूले अहिलेसम्म बास, खाद्यान्न र राहत पाउन सकेका छैनन्।

कागजी प्रक्रिया र नोकरशाही ढिलासुस्तीका कारण पीडितको नाममा सङ्कलन भएको रकम बैंकमै थन्क्याएर बाढीपीडितलाई खुला आकाशमुनि मर्न बाध्य पारिएको भन्दै सामाजिक सञ्जालमा #PMReliefFund र #NepalFloodRelief मार्फत सरकारमाथि कडा आक्रोश र पारदर्शिताको प्रश्न उठिरहेको छ।