आईजीपी कार्की र स्वामी केशवानन्दबीच अर्थपूर्ण भेट

आईजीपी कार्की र स्वामी केशवानन्दबीच अर्थपूर्ण भेट


काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र डा स्वामी केशवानन्द गिरिबीच गौरीघाटस्थित आश्रममा अध्यात्म तथा समसामयिक विषयमा छलफल भएको छ ।  स्वामी केशवानन्दले आफ्नो फेसबुकमार्फत भेटका तस्बिर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् । उनले भेटलाई अर्थपूर्ण रूपमा लिएका छन् ।

केशवानन्द वैदिक अनुसन्धान गुठीका संस्थापक अध्यक्ष हुन् । वैदिक धर्म, संस्कृत शिक्षा तथा पूर्वीय ज्ञानको संरक्षण र प्रवर्द्धनमा सक्रिय उनले वैदिक ज्ञानलाई आधुनिक प्रविधिसँग जोड्ने कामसमेत गर्दै आएका छन् । उनले संस्कृत, नेपाली, हिन्दी र अंग्रेजी भाषाका शब्द समेटिएको विद्युतीय शब्दकोश निर्माण गरेका छन् । पछिल्लो समय वैदिक कर्मकाण्डका विधिलाई मोबाइल एपमार्फत उपलब्ध गराउने काममा पनि उनको नेतृत्व रहेको छ ।

स्वामी रामानन्द गिरिका संन्यासी शिष्य रहेका केशवानन्दसँग प्रहरी प्रमुख कार्कीको भेटमा लाई बिभिन्न कोणबाट चर्चा गर्न थालेका छन् ।