पूर्णबहादुर खडकाले भने– एनपिएल नेपाली क्रिकेट इतिहासको कोशेढुङ्गा बन्न सफल होस्

पूर्णबहादुर खडकाले भने– एनपिएल नेपाली क्रिकेट इतिहासको कोशेढुङ्गा बन्न सफल होस्


 

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खडकाले आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल)का सबै सरोकारवालाहरूलाई शुभकामना दिएका छन्। खडकाले आज जारी गरेको शुभकामना सन्देशमा भनेका छन्, “नेपालको क्रिकेट खेलकूद इतिहासमा नेपाल प्रिमियर लिग ९एनपिएल० तेस्रो संस्करणमा आइपुग्दा राष्ट्रिय खेलकूद महोत्सवको आकार ग्रहण गर्दै भव्यताका साथ आजदेखि प्रारम्भ हुँदैछ। यस खुसीको अवसरमा नेपाली क्रिकेट खेलाडी, कोच, रेफ्री, नेपाल क्रिकेट संघका अध्यक्षसहित सबै पदाधिकारी, सदस्यहरू, व्यवस्थापक र तमाम क्रिकेट प्रेमीहरूमा हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।”
उनले सहभागी हुन आएका विदेशी खेलाडी र रेफ्रीहरूलाई पनि नेपालमा हार्दिक स्वागत गरेका छन्।
खडकाले सन्देशमा विगतको स्मरण गर्दै भनेका छन्, “यस क्षणमा २०५५ सालमा एसीसीसँगको साझेदारीमा कीर्तिपुरको त्यतिबेलाको सामान्य मैदानमा नेपाल क्रिकेट संघले आयोजना गरेको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट खेलको सम्झना ताजा भयो। तत्कालीन क्यान अध्यक्ष जय शाह र महासचिव विनय पाण्डेको परिश्रमी नेतृत्वको टोलीको त्यो ऐतिहासिक भूमिका मेरो मनमस्तिष्कमा आज पनि ताजै छ। उक्त खेलको उद्घाटन तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुहुँदा म स्वयम् युवा, खेलकूद तथा संस्कृति मन्त्रीको जिम्मेवारीमा रहेको थिएँ।”
उनले एनपिएलको तेस्रो संस्करण नेपाली क्रिकेट इतिहासमा कोशेढुङ्गा साबित हुने गरी भव्यतापूर्वक सम्पन्न होस् भन्ने शुभकामना व्यक्त गर्दै “नेपाली क्रिकेटको जय होस्, जय नेपाल” भनेका छन्।