लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जना मध्यराति पक्राउ

लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जना मध्यराति पक्राउ


रुपन्देही सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँ र अभियानका अर्का सदस्य वाजिउद्दिन मुसलमानलाई गएराति पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मध्यराति सुतिरहेको अवस्थामा आफ्नै घरबाट पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

लुम्बिनी विकास कोषको उपाध्यक्षमा प्रसिद्ध गायिका आनी छोइङ डोल्मालाई सरकारले नियुक्त गरेपछि महाअभियानले उक्त निर्णयको तीव्र विरोध गर्दै चरणबद्ध आन्दोलन सञ्चालन गर्दै आएको थियो। महाअभियानले नवनियुक्त उपाध्यक्षको नियुक्ति प्रक्रिया अपारदर्शी भएको र स्थानीय भावना विपरीत गैर(स्थानीयलाई ल्याइएको भन्दै निर्णय खारेजीको माग राख्दै आएको छ।

अभियानका सहसंयोजक रामविकास चौधरीले आफ्ना नेतृत्वमाथि मध्यराति गरिएको धरपकडको कडा शब्दमा भर्त्सना गर्दै पक्राउ परेका दुवै जनाको निःशर्त र तत्काल रिहाइको माग गरेका छन्। माग पूरा नभए आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी पनि महाअभियानले दिएको छ।