रवि लामिछानेको तीर्थयात्रा ‘गुपचुप’ रहस्य, जाने बेला भव्य प्रचार, फर्कँदा सुनसान

रवि लामिछानेको तीर्थयात्रा ‘गुपचुप’ रहस्य, जाने बेला भव्य प्रचार, फर्कँदा सुनसान


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हालैको तीर्थयात्रा र त्यसको शैलीलाई लिएर राजनीतिक वृत्त र सामाजिक सञ्जालमा विभिन्न तर्क-वितर्क सुरु भएका छन्।

तीर्थयात्रामा निस्कँदा समर्थकहरूको बाक्लो उपस्थिति, मिडिया कभरेज र सामाजिक सञ्जालमा व्यापक हल्लाखल्ला गरिए पनि फर्कने क्रममा भने उहाँ गुपचुप रूपमा भित्रिनुभएको छ। सभापति लामिछानेमाथि सहकारी ठगी, नागरिकता र अन्य विविध कानुनी तथा नैतिक प्रश्नहरू उठिरहेका बेला गरिएको यो यात्रा र यसको शैलीलाई विश्लेषकहरूले पपुलिजम र प्रचारबाजीको अर्को रूप भनी टिप्पणी गरेका छन्।

जाने बेला ठूलो publicity र फर्कँदा देखिएको मौनताले राजनीतिक वृत्तमा थप आशङ्का र प्रश्नहरू उब्जाएको छ।