काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) मा आज उपाधि दाबेदार ‘घाइते बाघ’ सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदैछ।
अघिल्ला दुईवटै संस्करणमा पोखराले सुदूरपश्चिमलाई पराजित गर्न नसकेको इतिहास तोड्दै यसपटक बदला लिने दाउमा छ। पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्ससँग ८७ रनमै अलआउट हुँदै लज्जास्पद हार व्यहोरेको सुदूरपश्चिम आज उच्च दबाबमा मैदान उत्रिनेछ।
यता, बंगलादेशी स्टार अलराउन्डरहरू शाकिब अल हसन, मेहदी हसन, महम्मद सैफुद्दिन र चमिका करुणारत्नेजस्ता विश्वस्तरीय खेलाडी भित्र्याएर बलियो बनेको पोखरा पहिलो जितको खोजीमा छ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा रहेको पोखरालाई हराउन सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र शेरफेन रदरफोर्डले उत्कृष्ट प्रदर्शन गर्नैपर्ने दबाब छ। कीर्तिपुर मैदानमा हुने यो खेलले NPL को समीकरणमा ठूलो उथलपुथल ल्याउनेछ।

प्रतिक्रिया