काठमाडाै । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय सदस्यहरूमध्ये अदालतमा मुद्दा विचाराधीन रहेका ४ जनाको शपथ ग्रहण रोकिएको छ।
सभापति गगन थापाले शपथ लिइसके पनि सन्तोष चालिसे, मोहन बस्नेत, विनिता खड्का र उमेशचन्द्र यादवको शपथ भने तत्कालका लागि रोकिएको पार्टीका एक पदाधिकारीले जानकारी दिएका छन्। कानूनी विवादमा तानिएका यी नेताहरूको पदलाई हाललाई ‘होल्ड’ मा राख्ने र अदालतको निर्णयपछि मात्रै अघि बढ्ने तयारी कांग्रेस नेतृत्वले गरेको छ।
कांग्रेसभित्र देखिएको यो पहिलो कडा प्रशासनिक र कानुनी कदमले राजनीतिक वृत्तमा चर्चा बटोलेको छ।

प्रतिक्रिया