प्रधानमन्त्री बालेन शाहको दिल्ली भ्रमण मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेन शाहको दिल्ली भ्रमण मिति अझै अनिश्चित


काठमाडौं । प्रधानमन्त्री बालेन शाहको बहुप्रतीक्षित पहिलो भारत भ्रमणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका बेला परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक मिति अझै तय नभएको स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार दुवै तर्फको अनुकूल समय र एजेन्डामा सहमति जुटेपछि मात्रै भ्रमणको तालिका सार्वजनिक गरिनेछ। भारतीय विदेश सचिवको काठमाडौँ आगमन र तयारी बैठकहरूको समाचार बाहिरिए पनि भ्रमणको समय टुङ्गो नलाग्नुले कूटनीतिक वृत्तमा विभिन्न आशङ्का उब्जाएको छ।

नेपालका तर्फबाट हवाई रुट, पञ्चेश्वर तथा जलविद्युत् आयोजना र व्यापार घाटा घटाउनेजस्ता संवेदनशील विषयमा ठोस अडान राख्न खोजिएकाले दिल्लीसँगका बैठकहरू अनिर्णीत बनेको बताइएको छ।

भ्रमणको मिति नतोकिँदै मिडियामा ुभ्रमण निश्चितु भएको भन्दै सूचना ल्याइने र परराष्ट्रले त्यसको खण्डन गर्ने स्थितिले बालेन सरकारको कूटनीतिक अपरिपक्वता र गृहकार्यको अभावलाई नाङ्गो रूपमा छताछुल्ल पारिदिएको छ।