काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका छन् ।
पत्रकार पक्राउ परेको भोलिपल्ट आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आईजीपी कार्कीले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गरी क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।
‘नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ’, उनले भनेका छन्, ‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ।’
उनले विपद्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी आफ्नो मूल दायित्व पूरा गर्न सधैँझैँ दत्तचित्त भएर क्रियाशील रहने पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया