देउवा पक्षको बूढानीलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशन आयोजना

देउवा पक्षको बूढानीलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशन आयोजना


काठमाडौ । नेपाली कांग्रेसको देउवा पक्षले समानान्तर गतिविधिलाई निरन्तरता दिँदै शनिबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको तेस्रो अधिवेशन आयोजना गरेको छ ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देउवा पक्षले नगर अधिवेशन गरेको हो । अधिवेशनमा नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह, मोहनबहादुर बस्नेतलगायत सहभागी छन् ।
पार्टीभित्र संस्थापन पक्ष र इतर पक्षबीच गतिविधि जारी रहेका बेला देउवा पक्षले छुट्टै अधिवेशन आयोजना गरेको हो ।