काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकै शैलीमा नेपालका प्रधानमन्त्री बालेन शाहले पनि विधिको शासन, संस्थागत प्रक्रिया र लोकतान्त्रिक मूल्य-मान्यतालाई लत्ताढिङ्गा उडाउँदै ‘मुडे’ र स्वेच्छाचारी शासन चलाउन थालेको गम्भीर आरोप लागेको छ।
पपुलिज्म र सामाजिक सञ्जालका भ्युजका आधारमा देश चलाउन खोज्ने बालेनले संस्थागत संयन्त्रहरूलाई बाइपास गर्दै आफ्ना असहमति राख्नेहरूमाथि साइबर हमला र प्रहरी बल प्रयोग गर्ने प्रवृत्ति बढाएका छन्।
काठमाडौँका सञ्चार गृहहरूमा बर्दीधारी प्रहरी छिराएर पत्रकार पक्राउ गर्ने, अदालत र कर्मचारीतन्त्रलाई तर्साउने, इनाम सापकोटा बिचौलिया काण्ड ढाकछोप गर्ने र लगातार ३ सातासम्म मन्त्रिपरिषद् बैठक समेत डाक्न नसक्ने जस्ता कदमहरूले बालेनको ट्रम्प शैलीको निरङ्कुश मुकुन्डो उदाङ्गो पारिदिएको छ।
संस्थागत स्थायित्व र संविधानको धज्जी उडाएर चलाउन खोजिएको यो ‘मुडे’ र ‘पपुलिस्ट’ शासनले मुलुकलाई गम्भीर दुर्घटनातर्फ धकेल्ने चेतावनी राजनीतिक विश्लेषकहरूले दिएका छन्।

प्रतिक्रिया