काठमाडौं । नेपाली क्रिकेट टोलीका स्टार अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरीयतामा एक स्थान तल झरेका छन्।
यसअघि दीपेन्द्रभन्दा तल रहेका अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाइले जिम्बाबेविरुद्धको टी-२०आई शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि दीपेन्द्रलाई पछाडि पार्दै तेस्रो स्थानमा उक्लिएका हुन्।
जिम्बाबेसँगको शृङ्खलामा ओमरजाइले अलराउन्ड प्रदर्शन गर्दै महत्वपूर्ण अङ्क जोडेपछि दीपेन्द्र चौथो स्थानमा धकेलिएका छन्। नेपाली अलराउन्डर दीपेन्द्रले भने पछिल्लो समय अन्तर्राष्ट्रिय खेल नखेलेका कारण वरीयतामा अङ्क सुधार गर्ने अवसर पाएका छैनन्।

प्रतिक्रिया