अब देखि किनेकै दिन सेयर बेच्न पाइने

अब देखि किनेकै दिन सेयर बेच्न पाइने


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले सेयर बजारलाई थप चलायमान र आधुनिक बनाउन किनेकै दिन सेयर खरिद-बिक्री गर्न सकिने ‘इन्ट्रा–डे’ (Intra-Day) कारोबार सञ्चालनको नीतिगत प्रक्रिया अघि बढाएको छ।

यसका लागि बोर्डले ‘अन्तरदिवसीय धितोपत्र कारोबार सम्बन्धी नियमावली, २०८३’ को प्रारम्भिक मस्यौदा तयार पारी सरोकारवालाहरूबाट सुझाव माग गरेको छ।

यो प्रणाली लागू भएपछि लगानीकर्ताले सोही दिन सेयर खरिद गरी बिक्री गर्न र राफसाफ (Settlement) समेत सम्भव हुनेछ। यस कदमले सेयर बजारमा तरलता (Liquidity) उल्लेख्य रूपमा बढाउने, सेयरको वास्तविक मूल्य निर्धारण (Price Discovery) मा सघाउ पुर्याउने र समग्र पूँजी बजारको कारोबारलाई थप तीव्र बनाउने अपेक्षा गरिएको छ।