कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना

कांग्रेस सभापति थापाबाट आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको शुभकामना


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २७औँ राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरि जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले आयुर्वेद एवं वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सक, स्वास्थ्यकर्मी र अनुसन्धानकर्ता लगायत सम्पूर्ण सरोकारवालाहरूलाई पनि स्मरण गर्नुभएको छ।

उहाँले आयुर्वेदको मौलिक ज्ञान, स्वस्थ जीवनशैली र प्राकृतिक उपचार पद्धतिको संरक्षण, प्रवर्द्धन तथा वैज्ञानिक विकासमार्फत स्वस्थ र निरोगी समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गर्नुभएको छ।