काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले प्रेस काउन्सिल ऐन संशोधन सम्बन्धी अध्यादेश रोक्न राष्ट्रपतिलाई गुहार्ने नेपाल पत्रकार महासंघको कदमप्रति कडा कटाक्ष गरेका छन्।
महासंघको टोलीलाई ‘पत्रकारिताको खोल ओढेर पार्टीकारिता गर्ने’ संज्ञा दिँदै खत्रीले निष्पक्ष पत्रकारिता गर्नेहरूलाई राष्ट्रपति कहाँ गएर बिन्ती बिसाउन नपर्ने बताए।
सञ्चारमाध्यम मर्यादित बनाउन खोज्दा निरंकुशता नहुने भन्दै उनले अध्यादेश रोक्न माग गर्नेहरूलाई ‘चौथो अंगमा लागेको ऐँजेरु’ को संज्ञा दिएका छन् जसलाई तत्काल शल्यक्रियाको आवश्यकता रहेको उनको कडा जिकिर छ।

प्रतिक्रिया