काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीले सामाजिक सञ्जालमा भद्रता र सभ्यता कायम राख्न प्रयोगकर्ताहरूलाई आग्रह गरेका छन्।
आफू २०३३/३४ सालतिर १५० जना विद्यार्थी पढाउने शिक्षक रहेको स्मरण गर्दै उनले अहिले प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा आफू ‘विद्यार्थी’ बनेको र लाखौँ प्रयोगकर्ता आफ्ना ‘शिक्षक’ रहेको बताएका छन्।
उनले सामाजिक सञ्जालमा असहमति राख्ने, प्रश्न गर्ने र तर्क गर्ने स्वतन्त्रता भए पनि अभद्र शब्दको प्रयोग नगर्न अपिल गरेका छन्।
मानिसको पहिचान उसले प्रयोग गर्ने शब्द, संस्कार, विचार र व्यवहारले बनाउने भन्दै उनले सामाजिक सञ्जालमा स्वस्थ र मर्यादित बहसको आवश्यकता औँल्याएका हुन्।

प्रतिक्रिया