भन्सारका ५ कर्मचारीलाई भ्रष्टाचार कसुरमा अनुसन्धान गर्न सिफारिस

भन्सारका ५ कर्मचारीलाई भ्रष्टाचार कसुरमा अनुसन्धान गर्न सिफारिस


काठमाडौं ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका ५ जना भन्सार कर्मचारीलाई भ्रष्टाचारको कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

सरकारी वकिलको कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा सुन जाँच पासमा संलग्न जोखिम व्यवस्थापन शाखाका अधिकृत सन्तोष चन्द, भन्सार कार्यालयका भन्सार जाँच पास अधिकृत गणेशप्रसाद पौडेल, नायब सुब्बा विरेन्द्र नेपाली, कुमार ढकाल र एक्स–रे जाँचकी सरोज श्रेष्ठलाई भ्रष्टाचारमा समेत छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

राजश्व अनुसन्धान विभागले २ साउनमा विमानस्थल भन्सारको जाँच पास भएर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । १९ दिनसम्म अनुसन्धान गरेर प्रकरणमा संगठित अपराधको तत्व देखिएको भन्दै विभागले सम्पूर्ण अनुसन्धानको जिम्मा सीआईबीलाई दिएको थियो ।