दानबहादुर हटाइए, मनोज केसी आईजीपी नियुक्त

दानबहादुर हटाइए, मनोज केसी आईजीपी नियुक्त


काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई हटाएर एआईजी मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको छ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट पन्छाउँदै प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा थिचेर केसीलाई प्रहरीको कमान्ड सुम्पिने निर्णय गरेको हो।

सञ्चार गृहमा प्रहरी छिराउने पञ्चायती रवैया, बिचौलिया इनाम सापकोटा अडियो काण्ड र प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनको घरमा हिरासतका व्यक्तिको मोबाइल जफत गरिएको प्रकरणले प्रहरी नेतृत्व र सरकारबिच तीव्र तिक्तता पैदा भएकै बेला यो नाटकीय कदम चालिएको छ।

“आफ्नो स्वार्थअनुकूल काम नगर्ने निष्पक्ष प्रहरी अधिकृतलाई हटाएर सङ्गठनलाई राजनीतिक र व्यक्तिगत हतियार बनाउन खोज्ने बालेन शाहको यो कदमले कानुनी राज्य र सुरक्षा निकायको निष्पक्षतामाथि गम्भीर बज्रपात हानेको छ,” भन्दै राजनीतिक वृत्तमा ठूलो तरङ्ग पैदा भएको छ।