सरकारमाथि प्रश्नः निष्पक्ष अधिकृतलाई हटाएर सल्लाहकारमा थिच्ने अनि ‘कारबाही होइन’ भन्दै ढाँट्ने ?

सरकारमाथि प्रश्नः निष्पक्ष अधिकृतलाई हटाएर सल्लाहकारमा थिच्ने अनि ‘कारबाही होइन’ भन्दै ढाँट्ने ?


काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई रातारात हटाएर मनोज केसीलाई कमान्ड सुम्पिएपछि चौतर्फी विरोध र जनआक्रोश बढेपछि सरकारका प्रवक्ताले “दानबहादुर कार्कीलाई कारबाही गरेको होइन” भन्दै लाचार सफाइ दिएका छन्।

सञ्चार गृहमा प्रहरी छिराउने, बिचौलिया काण्ड ढाकछोप गर्ने र सल्लाहकारको घरमा मोबाइल जफत प्रकरणमा सरकारको आदेश नमान्दा कार्कीलाई हटाइएको चर्चा चलिरहेका बेला प्रवक्ताको यो अभिव्यक्ति आएको हो।

सङ्गठनको मर्यादा र कानुनी राज्यको धज्जी उडाउँदै निष्पक्ष प्रहरी प्रमुखलाई हटाएर प्रधानमन्त्रीको ‘सुरक्षा सल्लाहकार’ को नाममा थिचेको बालेन शाह सरकारले अहिले चौतर्फी घेराबन्दीमा परेपछि बचाउको बाटो रोजेको छ।

“स्वार्थअनुकूल काम नगर्ने अधिकृतलाई पन्छाउने अनि सञ्चारमाध्यममा आएर कारबाही होइन भन्दै ढाँट्ने पञ्चायती शैलीले बालेन सरकारको निरङ्कुश मुकुन्डो झन् नाङ्गिएको छ,” भन्दै राजनीतिक विश्लेषकहरूले सरकारको दोहोरो चरित्रको कडा भर्त्सना गरेका छन्।